आजको व्यस्त जीवनशैलिले गर्दा मानिसहरुलाई भागदौडमा हिड्दैमा ठिक्क परेको छ,कतिपय मानिसहरु कुनै काम नपाएर समय खेर फालिरहेका छ्न् त कतिपय मानिसहरु जिन्दगिको कुनै उद्देश्य नदेखेर त्यत्तिकै भौतारिरहनुपरेको अबस्था छ, राम्रो सँग केही कुरा नयाँ सोच्ने विषयमा समेत हम्मेहम्मे परेको छ जसले गर्दा हामिभित्र निराशापनले छाएको छ।हामिलाई आफ्नै बारेमा पनि राम्ररी सोच्ने फुर्सद भएको छैन।आउनुस् मित्रहरु निराशाबाट बच्नको लागि तलका कुरा दैनिक व्यवहारमा लागू गर्नुसहोस्।
१.लक्ष्य बनाउनुहोस्:-तपाईलाई के गर्ने इच्छा छ के कुरा तपाईंलाई जतिखेर पनि गर्न मन लाग्छ,जस्तै:तपाईं गाउन,नाच्न,नयाँ कुरा सिक्न,लेख्न,नाटक गर्न के गर्न मन लाग्छ त्यसैलाई लक्ष्य बनाउनुस्,किनकी आफुले मन लागेको कामलाई लक्ष्य बनाउँदा जिबनमा कहिल्यै पनि निराशाको सामना गर्नुपर्दैन।
२.प्रेरणा खोज्नुहोस्:-आफुलाई आदर्श लाग्ने व्याक्तिहरुको जीवन कहानी अध्ययन गरेर प्रेरणा लिई आफू पोख्त भएको क्षत्रमा लाग्नुहोस्।
३.उत्साहित बन्नुहोस्:-सधै सकारात्मक सोची आफुलाई उत्साहित बनाउनुहोस्।
४.अपेक्षा गर्नुहोस्:-भाग्यमा भन्दा कर्ममा बिश्वास गरि राम्रो कुराको अपेक्षा राख्नुहोस्।
५.बाचा गर्नुहोस्:-आफू पुग्ने कहाँ हो त्यो सम्झेर के के सोचिन्छ,बोलिन्छ त्यसको बाचा पूरा गर्नुहोस्।
६.सधै आफ्नो लक्ष्य बारे सोच्नुहोस्:-हामी खाली अनावश्यक कुरामा बढी ध्यान दिन्छौ त्यही भएर निराशा हामिभित्र छ त्यसैले आफुभित्र निराशा कत्ती पनि आउन नदिन आफ्नै लक्ष्यको बारेमा मात्र सोच्नुहोस्।
७.आबश्यक सल्लाह लिनुहोस्:-तपाईको लक्ष्यलाई अगाडि बढाउन आवश्यक पर्ने कुराहरुको बारेमा कसैसग सल्लाह लिनुहोस् र अगाडि बढ्नुहोस्।
८.सहनिशिल बन्नुहोस्:-आफुमा आउने उतारचढावहरु सँग सामना गर्नुहोस्।
९.सुरुबात गर्नुहोस्:-खाली सोचेर मात्र नबस्नुहोस् केही काम गर्न थाल्नुस्।
१०.धैर्य राख्नुहोस्:आफू पुग्ने बाटोको बिश्वास गर्नुहोस् र धैर्यता कायम गर्नुहोस्।आजको आजै कुनै लक्ष्य पूरा नहुन सक्छ तर केही समय कुर्नुहोस् अबश्य पनि राम्रो हुन्छ र तपाईलाई कुनै निराशपन आउने छैन,तपाईं अगाडि बढ्न सक्नुहुन्छ।
मित्रहरु तपाईहरुलाई यो हाम्रो ब्लगसाईट #FACTPLAY को पोस्टहरु कस्तो लाग्छ सल्लाह सुझाबको लागि तल कमेन्ट गर्नुहोस् र राम्रो लागेमा लाईक र शेयर गर्न नबिर्सिनुहोला।जतिसक्दो हाम्रो उद्देश्य भनेको तपाईहरुलाई फाईदा पुर्याउने हो।
0 comments:
Post a Comment