Introudction

Hi,friends...I am Sandesh Kandel.Really speaking,there are somethings about me,which are sour and bitter.That is natural,for there is no rose without thorn.I always love flowers.My heart leaps to see the flowers planted by myself.As long as I'm in the garden,I forget the realities of life.I'm kind hearted person.I love the poor.My heart smelts to see the misery of others.



<<<NICE TO MEET YOU>>>

Pages

छाला गोरो बनाउने घरेलु उपाय !


छाला गोरो बनाउने घरेलु उपाय !

प्रायः हरेक मानिसलाई गोरो बन्ने रहर हुन्छ। गोरो बन्नका लागि पुरुषहरुभन्दा महिलाहरु बढी प्रयासरत हुन्छन्। बजारमा गोरो बनाउने अनेक थरी क्रिम तथा पाउडरहरु पाइन्छन्। मानिसहरु टन्न पैसा खर्चेर ती क्रिमहरुको प्रयोग गर्छन र पनि गोरोपना पाउन सक्दैनन्। 
गोरो बन्नका लागि क्रिम नै लगाउनुपर्छ भन्ने छैन। हामीसँग भइरहेका घरेलु सामानहरुको प्रयोगबाट पनि हामीले हाम्रो छालामा निखार ल्याउन सक्छौँ। प्राचिनकालमा पनि महिलाहरुले गोरो बन्नका लागि घरेलु सामाग्री कै प्रयोग गर्ने गर्थे। 
गोरो बन्नका लागि निम्नानुसारका घरेलु सामान प्रयोग गर्न सकिन्छ। 
महः 
महमा हुने भिटामिनले छाला गोरो बनाउन मद्दत गर्छ। अनुहारमा मह लगाएर २ मिनेट जति मसाज गर्ने र करिब १५ मिनेट पछि मनतातो पानीले पखाल्ने। दैनिकरुपमा यसो गर्नाले गोरोपना पाउन सकिन्छ।
२. टमाटर वा घ्यूकुमारीः
टमाटरको रस वा घ्यूकुमारीको रसलाई अनुहारमा दलेर केही मिनेट मसाज गर्ने र २० मिनेटपछि पखाल्ने । 
३. दूध वा दहीः
दूध वा दहीमा भएको तत्वले गोरो बनाउन मद्द त गर्छ। अनुहारमा दूध वा दहीले मसाज गर्ने र केही समयपछि मनतातो पानीले धुने।
४. कागतिः 
कागतिमा गोरो बनाउने तत्व हुन्छ। कागतिको रसलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्ने र पखाल्ने । सुख्खा छाला भएकाहरुलाई भने यसले झनै सुख्खा बनाउन सक्छ। साथै कागतिको रस लगाएर घाममा नबस्ने।
छाला गोरो बनाउन यी बाहेक काँक्रा, वेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग आदी पनि प्रयोग गर्न सकिन्छ। तर यी सामानहरु प्रयोग गर्दा आफ्नो छालाको प्रकार र आफुलाई फाप्ने नफाप्ने भन्ने बुझेर मात्र प्रयोग गर्नुपर्छ। यसका साथै यी चिजहरु लगाएर घाममा भने बस्न हुँदैन। 

0 comments:

Post a Comment