निधारमा देखिने चाउरिपन
निधार चाउरिनु उदासिनताको प्रतीक हो।जब मानिस आफुले गरेको कामबाट असफल हुन्छ,कसैबाट धोका खाइरहेको हुन्छ,त्यस्ता मानिसमा नैरश्यता र दिक्दारी छाउँदा निधार चाउरिन्छ।यदि निधारमा रेखाहरुका अतिरिक्त अन्य कुनै चिन्ह वा चाउरिपन देखिन्छ भने त्यसका आधारमा मानिसमा भएको गुणहरु र अवगुणहरु थाहा पाउन सकिन्छ:
🌑 लामो र चौडा निधारमा चाउरिपन देखिने मानिसहरु दुरदर्शि र भाग्यमानी हुन्छन्।
🌑 कम र चौडा निधारमा चाउरिपन देखिन्छ भने त्यस्ता मानिसहरु कम पढेलेखेका,निर्धन र चरीत्रहिन हुन्छन्।
🌑 निधारमा चाउरिपन देखिनुका साथै निधार रुखो,खस्रो र अन्य चिन्ह देखिन्छ भने त्यस्ता निधार भएका व्याक्तिहरु व्यर्थमा चिन्ता लिने र असन्तुष्टि प्रवृत्तिका हुन्छन्।
🌑 निधारको माथिल्लो भाग र तल्लो भागमा चाउरिपन देखिन्छ भने त्यस्ता मानिस मन्द बुद्दी र सुस्तमनस्थितिका हुन्छन् ।
🌑 यदि कुनै मानिसको मस्तिष्कमा रेखाहरुको जाल छ भने त्यसले पनि चाउरिपनको आभास दिन सक्छ।यस्ता मानिस दार्शनिक बिचारधाराका हुन्छन्।यिनिहरु दुरदर्शी र चतुर स्वभावका हुन्छन् ।यसका अलावा यस्ता निधार हुने मानिस प्रायः चिन्तनशिल पनि हुन्छन्।
माथिका कुराहरु मानिस चिन्ने चौतिस सुत्रबाट नामक पुस्तकबाट लिइएको हो तपाईलाई कस्तो लाग्छ उक्त बिचारहरु तलको कमेन्ट बक्समा गएर आफुलाई लागेको प्रतिक्रिया दिनुहोस्।राम्रो लागेमा लाईक र शेयर पनि गर्न नबिर्सिनुहोला।हामी तपाईहरुलाई अझ यस्ता रोचक तथ्यहरु उपलब्ध गराउनेछौ।
0 comments:
Post a Comment