१.बत्तिस वटा दाँत हुनु।
२.स्वच्छ र परस्परमा मिलेका दाँत हुनु।
३.पाखुरा लामो हुनु।
४.जिभ्रो लामो हुनु।
५.निलमणि जस्ता काला र टल्कने केश हुनु।
६.भँगेराको जस्तो स्वर हुनु
७.काँध पुष्ट,चौडा हुनु।
८.प्रबल व्यक्तित्व हुनु।
९.बिष्णुको जस्तो दृढ स्वभाव हुनु।
१०.मीठो वाणी हुनु।
११.आँखामा चमक हुनु।
१२.तिब्र बुद्धि हुनु।
१३.प्रष्ट सुन्न सक्ने कान हुनु।
१४.छाला नरम हुनु।
१५.बृद्धअबस्थामा पनि युबाको जस्तै जवानी हुनु।
१६.सधै नुहाउनु।
१७.माछा,मासु खान मन नलाग्नु तथा पशुपन्छिं प्रती प्रेम हुनु।
१८.मन शान्त,स्थिर तथा धैर्यवान् हुनु।
१९.निधार ठुलो हुनु।
२०.जोसित पनि मिल्ने कला हुनु।
२१.राम्रो सङ्गत हुनु।
२२.कोहि शत्रु नहुनु।
२३.धन,सम्पत्ती प्रशस्त हुनु।
२४.शरीरमा जोश,जागर तिव्र हुनु।
२५.आमाबाबु प्रती कडा स्न्रेह हुनु।
२६.उदार स्वभाव हुनु।
२७.शरीर सुवासित हुनु।
२८.भगवान् प्रती पुर्ण बिश्वास हुनु।
२९.चित्त प्रशन्न हुनु।
३०.सोझो सिंहको जस्तो चिउँडो हुनु।
३१.हरिणका जस्ता फिला हुनु।
३२.शरीरमा कुनै प्रकारको रोग नलाग्नु। माथिका उल्लेखित लक्षणहरुले भरिपुर्ण भएको व्याक्ती ठूलो ओहदामा पुग्न सक्छ र बिश्वमा ख्याती कमाउन सक्छ।साहित्य,राजनिती,कला,जुनसुकै क्षेत्रमा पनि सबैको मान्ने हुन्छ।त्यस्तो व्याक्ती भगवानको रुप लिएर आएको हो भन्दा फरक पर्दैन।
0 comments:
Post a Comment