Introudction

Hi,friends...I am Sandesh Kandel.Really speaking,there are somethings about me,which are sour and bitter.That is natural,for there is no rose without thorn.I always love flowers.My heart leaps to see the flowers planted by myself.As long as I'm in the garden,I forget the realities of life.I'm kind hearted person.I love the poor.My heart smelts to see the misery of others.



<<<NICE TO MEET YOU>>>

Pages

कुन बार जन्मिनुभयो हेर्नुस तपाईको बार अनुसार स्वभाव र गुण:


१.आईतबार:-यो बारमा जन्मने मानिस बिजयी,धार्मिक,मानी,शुरबिर,पितृमातृ भक्त,केही अग्लो,पित्त प्रकृतिवाला,रातो वर्णवाला,परोपकारी,अत्ति चतुर,तेजस्वी,युद्धप्रिय(झगडालु),दानी,साहसी,महाउत्साही तथा स्वाभिमानी हुन्छन्।
२.सोमबार:- यो बारमा जन्मने मानिस बडो बुद्दिमान,प्रिय,स्त्रीको जस्तो स्वभाव,सुन्दर,श्रिङ्गारमा खर्चालु,राजसेबक,दु:ख सुखको समान फल पाउने,बुद्धिबिबेकले धन आर्जन गर्ने,धनवान,ज्ञानि,सबैको मान्य,अत्यन्त मिजासको शान्त स्वाभववाला हुन्छन्।
३.मंगलबार:- यो बारमा जन्मने मानिस सत्त्वगुणी,दाँत बलियो,तर पातलो शरिरवाला,मन्त्री समान मान्य वा सैनिक आदि कठोर पेशावाला,प्रशंसाप्रिय,सुन्दर,बुद्धिमान्,कुटिलबुद्धी(टेढोबिचार) भएको,झगडालु,सेनापती,नितिज्ञ,ज्ञानि,जनपालक,रातोवर्ण वा गहुँगोरो तथा शरिरको कुनै अंग नमिलेको जस्तो अनुभव गर्ने मान्छे हुन्छन्।
४.बुधबार:- यो बारमा जन्मने मानिस लेखन कार्यबाट जिबिका गर्ने,बचनवाला,प्रिय बोल्ने,तर अस्थिर,दाता,पण्डित,बुद्धिमान्,सुन्दर,सम्पतिले युक्त,राम्रो मध्यम शरिरवाला,व्यापारिक,ब्यापारिक कार्यमा निपुर्ण तथा कला कौशल आदिमा समेत पुर्ण हुन्छन्।
५.बिहिवार:- यो बारमा जन्मने मानिस धनवान्,लामो शरीर,बिबेकी,विद्दवान्,गुणि,लोकमा मान्य,चतुर्,नम्र,मिलनसार,लेखक,सम्पादक वा निर्देशक कार्यमा सफलता पाउने,मिठो बोल्ने,सम्मानित,अध्ययनशिल,अध्यापन कार्यमा सफल,अरुलाई ज्ञान दिने,शिक्षक तथा राजसेवक हुन्छन्।
६.शुक्रबार:- यो बारमा जन्मने मानिस गोरो वा गहुँगोरो बर्णवाला,प्रेम क्षेत्रमा रुचि राख्ने,सुन्दर,बिद्द्वान्,सधैं सफाईमा रहन चाहने,देवताको निन्दा गर्ने,सुन्दर बस्तुमा लोभिने,कोहि छिटो बोल्ने,दयालु,आधुनिक कलमा रुचि राख्ने,खवटे शरीरबाला,भाग्यशाली,धाग लगाउन सक्ने,दाता,गुणि,सेतो वस्त्र रुचाउनेवाला,राजसेवक समेत हुन्छन्।
७.शनिबार:- यो बारमा जन्मने मानिस स्थिर वचन बोल्ने,लोभी,केही पातलो देह,रुखो बोली भएको,जिताहा,तामसी,रिसाहा तथा दुष्ट स्वभाबवाला,पराक्रमी,निच दृर्ष्टिवाला,हातगोडाका नङमा विकृत भएको,धेरै र कडा केश भएको,कम बोल्ने तथा अधिक उमेरकी एक स्त्रीसंग प्रेम गर्ने प्रकृतिका हुन्छन्।
माथिका तथ्यहरुलाई पुस्तक सामग्री बाट तयार गरिएको हो,तपाईं आफु जन्मेको बारहरुसँग माथिका उल्लेखित तथ्य के कस्तो लाग्यो सल्लाह सुझाबकोलागी तल कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला।मनपरे लाईक र शेयर गरिदिनुहोला।आगामी दिनहरुमा हजुरहरुको निम्ति अझ सत्य तथ्य सामग्री तयार गर्ने बाचाका साथ अगाडि बढ्नेछु।

0 comments:

Post a Comment