बास्तबमै भन्ने हो भने मानव जीवन पाईसकेपछी हरेक दिन आफुले गर्ने र अरुले गर्ने ब्यबहारिक कुराहरुमा फरक पर्दा अक्कल झुक्कल रिस उठ्नु स्वभाबिक कुरा हो।तर कहिलेकाही त्यही रिस नामक तत्त्वले हाम्रो जिबनमा ठूलो उतारचढाव ल्याउने गर्दछ जसको कारण हामले पछुताउनुपर्ने अबस्था आउन सक्छ।त्यसकारण सर्वप्रथम हामिले आफुलाई किन रिस उठ्छ भन्ने कारण थाहापाउनु आबश्यक छ।रिस उठ्ने कारणहरु तल्ल उल्लेखित गरिएको छ।
१.सर्वप्रथम त हामिभित्र एउटा त्यस्तो अज्ञानता छ जसको कारण र परिणामको पुर्व ख्याल नगरी हामी कसैसँग व्यवहार गर्छौ।
२.नकारात्मक बिचारका साथ दैनिकी चलाउनु।
३.खानपिनमा गडबड हुनु।
४.अरुको कुरालाई राम्रो सँग मनन गर्न नसक्नु।
५.सबैलाई मित्रको ब्यवहार गर्न नसक्नु।
६.फिल्मी कहानिहरुको देखासिकी,स्टाईलिस जस्ता कुराहरुको प्रभाव जमाउनु।
७.बढी फाईटिङ भएका फिल्म हरु धेरै हेर्नू।
८.संयम नअपनाउनु।
९.संगतहरु रवाफ र झै झगडाजस्ता किसिमका गर्नु।
१०.सकारात्मक कुराहरुको बिचार गर्न नसक्नु।
पानी खानु छानेर संगत गर्नु जानेर भन्ने कुरालाई ख्यालमा राखी अगि बढ्न सकियो र माथिका कुराहरुको ठिक उल्टो व्यबहार दैनिक जीवनमा अपनाईयो भने अब आउँदो दिनहरुमा तपाईको रिसलाई नियन्त्रण गर्नमा ठूलो राहातको काम गर्दछ।
0 comments:
Post a Comment